अन्तिम प्रश्न ! (कथा जीन्दगीको )

अन्तिम प्रश्न ! (कथा जीन्दगीको )    
आमा म रात्री भोज मा गए ,त्यति खेर
तिमीले दिएको साबधानी मलाई
संझना थियो । तिमीले मलाई
रक्सी नखाउ
भन्यौ, त्यसैले आमा मैले सोडा, केवल
सोडा पिए । म आफै मा खुशी भए,
किनकी मैल े तिम्रो बाचा पुरा गरे ।
मैले
पिएर गाडि चलाईन जबकी सबै
साथीहरु
मलाई पिउन को लागी जोड गरेका थिए

मलाई थाह छ , मैले सहि निर्णय
लिएको थिए ।
आमा मलाई थाह थियो , तिमी मलाई जे
भन्छौ ंमेरै भलो को लागी त भन्छ्यौं ।
अब
रात्री भोजको लगभग अन्त्य भयो र
सबैजना आ- आफ्नो घर तिर जान लागे ।
पनि प्रफुल्ल मुद्रा मा घर
जानको लागी मेरो गाडिमा बसे
किनकी मलाई तिमीले हरेक समय
प्रफुल्ल
हुन सिकाएकी थियौं ।मैले
गाडि चलाउन के
सुरु गरेको थिए , म बाटो बाट बाहिरिए

अर्को गाडिले मलाई देखेनछ क्यारे ,
मेरो गाडि माथी पहाड
खसेसरी बजारियो, त्यो गाडि । म त
बाटो को किनारमा उछिट्टिएछु
अनि बिस्तारै पुलिस को आवाज
सुन्छु,
बेहोसिमा, पुलिस अगाडि भन्छ ,
त्यो अर्को मान्छे ले
रक्सी पिएको थियो ।
आमा अैले मैले
त्यस्को भुक्तानि तिर्दैछु ।
आमा म अैले सडकमा मरिरहेछु ,
मेरो चाहना केवल तिमीलाई एक
चोटि भेट्न पाए । आमा मलाई किन
यस्तो भयो ? किन मेरो जीवन बेलुन
फुटे
सरी भयो आमा ? मेरो वरी परि रगतै
रगत
मात्र देख्छु र सबै जसो मेरै हो ।
यहा मेरो नजिकै
भएको परिचारीका बाट
म सुन्छु , म केहि बेरमै मृत्यु बरण गर्दैछु

आमा, म तिमी फेरी पनि कसम खान्छु,
मैले
तिम्रो बाचा पुरा गरे, मैले
कत्ति पनि पिईन । सबैजना ले
पिए ,उनिहरुले सोच्दै नसोचि पिए ।
मलाई
जस्ले हान्यो ,उ
पनि त्यहि रात्री भोजमा थियो ,
केवल
फरक छ उसले पियो र म मर्दै छु ।
आमा, मान्छे ले किन पिउछन ? जव
यसले
सारा जीवन नै सिद्दयाउन सक्छ भने !
आमा मलाई दुखाई बढ्दै छ । हरेको पल
चक्कुले मेरो सरीर टुक्रा टुक्रा पारिरहे
जस्तो भएको छ मलाई । त्यो मान्छे
जसको गाडिले मलाई हान्यो,मेरै सामु
निर्धक्क हिडिराखेको छ ।
आमा ! यो त उचित न्याय भयन नि ,
त्यस्तो लाग्दैन तिमीलाई । म
यहा मरिराखेको छु, उ केवल मलाई हेर्न
मात्र सक्छ ।
मेरो भाई मलाई संझेर रोला,नरुनु
भनि दिनु होला,
बाबालाई साहसी हुन हौंसला दिनुहोला ।
जब म स्वर्गमा पुग्छु , अनि जब म
स्वर्गमा पुग्छु,मेरो बाबा आमा को यो प्यारो छोरालाई,चिहान
मा पुरी दिनुहोला । कमसेकम कसैले
उसलाई
पिएर गाडि चलाउन हुन्न भनेर
संझाईदिएको भए पनि त म अझै
पनि बाच्ने
थिए । मेरो सास
छोटो छोटो भईराखेको छ , आमा ।मलाई
एकदैमे डर लागिरहेको छ , आमा ।
आमा मेरो लागी कहिल्यै पनि नरुनु है ।
मलाई जब जब
तिम्रो खाचो थियो तिमी सधै म संगै
थियौं , आमा, जीउन लाई पो साथ
चहिने
रहेछ, मर्न त एक्लै पनि मरिने रहेछ
नि ।
आमा म मेरो मृत्यु लोक मा जादा जादै,
तिमी लाई एउटा अन्तिम प्रश्न राख्न
चाहन्छु , मैले तिमीले भनेझै नपिएर नै
चलाए
तर म नै किन मर्नु पर्यो ?

~राजिव "बसन्त"

*

Post a Comment (0)
Previous Post Next Post