पारसको स्वास्थ्य अवस्था बुझ्न बुवा ज्ञानेन्द्र र आमा कोमल थाइल्याण्ड जाँदै

काठमाडौं,फागुन १६ । हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न बुवा ज्ञानेन्द्र र आमा कोमल शाह थाइल्याण्ड जाँदैहुनुहुन्छ । उहाँहरु बुधबार दिउँसो थाइ एयरबाट त्यस तर्फ जान लागेको दरवारका पूर्व सदस्य सचिव तथा ज्ञानेन्द्रका सहयोगी डा फणिराज पाठकले जानकारी दिनुभयो । दिउँसो १ बजेर ५५ मिनेटको उडानबाट ज्ञानेन्द्र दम्पत्ति थाइल्याण्ड जाने कार्यक्रम रहेको छ । हृदयघातपछि थाइल्याण्डको बैंककस्थित समितभेज अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन । गत मंगलबार अस्पताल भर्ना गरिएका पारसको एक हप्ता बितिसक्दा समेत सुधार आएन नसकेको अस्पतालले जनाएको छ । अस्पतालले मंगलबार सांझ निकालेको संक्षिप्त विज्ञप्तिमा उनको स्वास्थ्यस्थिति अत्यन्त गम्भीर तर स्थिर रहेको उल्लेख छ । अस्पतालले पारसलाई अस्पताल भर्ना गरिएदेखि नै स्वास्थ्य अवस्था गम्भीर तर स्थिर (क्रिटिकल बट स्टेबल) रहेको जनाउँदै आएको छ ।      read more

*

Post a Comment (0)
Previous Post Next Post