भोकाएको सिंहले सिकार रोज्छ की क्यामरा ?

Tiger love camera
भोकाएको सिंहले सिकार रोज्छ की क्यामरा ? यो प्रश्न वाहियात जस्तै लाग्छ । किनकी सिंहले सिकार छाडेर क्यामेरा रोज्छ भन्ने तर्क कसैले गर्छ भने त्यो मुर्ख नै ठहरिन्छ । साँच्ची सिंहका लागि क्यामराको कुनै उपयोग हुँदैन त्यसैले उसले सिकार नै रोज्छ ।तर यो सिद्धान्त सधै लागु हुँदो रहेछन ।
जिम्बाबेमा हालै एक फोटोग्राफरले एक यस्तो अद्धितिय दृश्य कैद गरेका छन् जसमा एक पोथी सिंहले सिकार छाडेर क्यामरा खेलाइरहेको छ । अमेरिकी फोटोग्राफर एड हेथरिंगटनले जिम्बाबेको जंगलमा यस्तो दृश्य कैद गरेका हुन् । उनले सिंहको क्लोजअप तस्वीर लिनका लागि सिंहले केही समयअघि मारेको भैँसीको नजिकै लगेर आफ्नो स्वचालित क्यामरा राखेका थिए ।
सिंहका बथान आएर त्यस भैँसीको सिकार मज्जाले खाएको दृश्य उक्त क्यामरामा कैद हुने आशा उनलाई थियो । तर त्यस्तो भएन । एउटा पोथी सिंहले त्यो भैँसीको मासु खान छाडेर उल्टै सोही क्यामरासँग खेल्न थाल्यो र मुखमा च्याँपेर यताउती डुलायो पनि । त्यो अनौठो क्षणलाई एडले आफुसँग भएको अर्को क्यामरामा कैद गरे । हेरौँ सिंहको क्यामरामोह:

*

Post a Comment (0)
Previous Post Next Post