मधुमेह डाइबिटीज बिरुद्ध सजग बनौं Diabetes

सामान्य अर्थमा मधुमेह भनेको रगतमा चिनी -ग्लुकोज) को मात्रा बढी हुनु हो । कुनै पनि व्यक्तिलाई मधुमेह भएको हो भन्नाका लागि उसको रगतको ग्लुकोजको मात्रा परीक्षण गर्नुपर्छ । बालबालिका र मधुमेह बालबालिकाहरूलाई मधुमेह भयो भन्दा अचम्म मान्नु पर्दैन । हाल बालबालिकामा पनि यो रोग अत्यधिक मात्रामा देखिएको छ । विश्व स्वास्थ्य संघको तथ्याङ्कअनुसार प्रत्येक वर्ष७० हजार बालबालिका -१५ वर्षमुनिका)  मा यो रोग थपिने गरेको छ अर्थात् प्रत्येक दिन करिब २ सय बालबालिका मधुमेहबाट ग्रसित हुन्छन् । त्यसमध्ये करिब एक चौथाइ दक्षिण-पर्ूव एसियामा छन् । यी बालबालिकामा मधुमेह- १ अर्थात् रगतमा इन्सुलिनको मात्रा कम भएको मधुमेह लाग्ने गरेको पाइन्छ । तर थोरै संख्यामा मधुमेह- २ बाट पीडित हुने गरेको पनि पाइएको छ । आफ्ना बालबालिकामा मधुमेह पाइयो भन्दा आमाबाबुमा खिन्नता बोध हुनसक्छ, बालबालिकालाई त नहुने कुरै भएन । मधुमेहबारे थाहा नभएका बालबालिका, आफैंलाई मधुमेह भएको र यो निको नहुने रोग हो भनेर बुझ्दा मानसिक रूपमा खिन्नताबोध हुनु तथा असन्तुलन हुनु स्वाभाविक हो । त्यसैले यस्ता बालबालिकास“ग अभिभावक, परिवार एवं समाज समवेदनशील हुनर्ुपर्छ । मधुमेहका लागि एकता भन्ने नारासाथ विश्व मधुमेह संघ -डब्लुडीएफ) यही सन्देश लिएर यस वर्षो विश्व मधुमेह दिवस मनाइरहेछ । यस्ता बालबालिकालाई रोगबारे तथा यसका असर बारेमात्र जानकारी दिएर पुग्दैन । यस रोगका महत्त्वपर्ूण्ा अङ्ग खाना, व्यायाम तथा शारीरिक तौलमा दिनुपर्ने विशेष ध्यान सम्बन्धमा पनि राम्रोस“ग सम्झाउनर्ुपर्छ । भोक लागेको बेला के गर्ने, कस्तो खाना खाने, औषधी कसरी लिने, घाउ-चोटपटकबाट कसरी बच्ने आदि सामान्य दैनिक गतिविधिबारे अभिभावक तथा शिक्षकवर्ग समवेदनशील एवं सचेत हुनर्ुपर्छ । मधुमेह रोगीले के-के गर्नु हु“दैन -  ििनयमित औषधी सेवन गरिरहेमा मधुमेहका रोगीको रगतमा ग्लुकोजको मात्रा ठिक्क र्-नर्मल) आउ“दैमा औषधी चिकित्सकको सल्लाहविना छाड्नु हु“दैन । औषधी सेवनले रगतमा ग्लुकोजको मात्रा नर्मल भएको बुझ्नर्ुपर्छ ।  ििनयमित औषधी सेवन गरिरहेका मधुमेहका रोगीले औषधी सेवन गरेर खाना खानचाहि“ छुटाउन हु“दैन ।  मिधुमेहका रोगीले सानो घाउ-चोटपटकबाट पनि बच्नर्ुपर्छ । यस्ता व्यक्तिमा सानो घाउ भए पनि चिकित्सकस“ग परामर्श लिनर्ुपर्छ ।  मिधुमेहका रोगीले लामो समयसम्म सवारीसाधन चलाउनु हु“दैन । लङड्राइभमा जानुपरेमा आराम गर्दै जानर्ुपर्छ र अर्को चालक साथीलाई लानर्ुपर्छ ।  मिधुमेहका रोगी धूमपानबाट टाढा बच्नर्ुपर्छ ।  मिधुमेह भएका महिलाले गर्भधारणपर्ूव चिकित्सकस“ग परामर्श लिनर्ुपर्छ र नियमित परीक्षण गरिरहनर्ुपर्छ । मधुमेहका रोगीले खानेकुरा तथा दैनिक गतिविधिमा धेरै नियन्त्रण गर्नुपर्छ । रोगीले चिनी हालेका परिकार, अन्न -भात, रोटी, आलु तथा तरुल र अन्य गुलियो खानेकुरामा) नियन्त्रण राख्नसके यसको खतराबाट बच्न सकिन्छ । यस्ता व्यक्तिले हरियो सागपात धेरै खानर्ुपर्छ । यसले भिटामिन र मिनरलको कमी हुन नदिनुका साथै ग्लुकोजको शोषणमा पनि कमी ल्याउ“छ । त्यस्तै यसका रोगीले शारीरिक व्यायामलाई नियमित गर्नुपर्छ । व्यायामले इन्सुलिनको प्रभावकारिता बढाउनुका साथै रगतमा ग्लुकोजको मात्रामा सन्तुलन ल्याउ“छ । अन्य मेटाबोलिक रक्तसञ्चार र मुटुका खतरामा कमी ल्याउने हुन्छ ।मधुमेहका रोगीका लागि विभिन्न किसिमका खाने औषधी पनि प्रयोग गर्नुपर्ने हुन्छ । रोगको किसिम रगतमा ग्लुकोजको मात्रा र रोगीको प्रकृतिका आधारमा औषधी छनोट गर्ने गरिन्छ । खाने औषधीले मधुमेहलाई नियन्त्रण गर्न नसकेको अवस्थामा इन्सुलिन र्सर्ुइ पनि प्रपोग गर्नुपर्ने हुनसक्छ । राम्ररी, नियमित, पर्ूण्ारूपले औषघी सेवन गरे मधुमेहबाट हुने खतराहरू जस्तै- मुटुको रोग -मायोकारडियल इन्फाक्सन एम आई, पक्षाघात स्ट्रोम), मृगौलाका समस्या, विभिन्न किसिमका क्यान्सर, विभिन्न किसिमको संक्रमण आदिबाट बच्न सकिन्छ । लेखक, मेची अञ्चल अस्पतालमा कार्यरत छन् । स्रोत:… कान्तिपुर दैनिक स्वास्थ्य यौन जानकारी 

*

Post a Comment (0)
Previous Post Next Post