गाजलु ति ठुला ठुला आँखा तिर बनि पसे यो दिलैमा


[गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पस्यो यो दिलैमा।
कालो लामो परेली केश, छाल पर्यो कलिलो माया मा।]....2

निदारको त्यो रातो टिका, छाप बनि बस्यो यो दिलैमा। ...2
झल्केको त्यो नाकको फुली, ..2 ज्योति बन्यो कलिलो मायामा।

गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पस्यो यो दिलैमा।

पातलो त्यो मधुर ओंठ, स्वाद बनि पस्यो यो दिलैमा। ....2
मिलेका ति दाँतका पंक्ती...2 मोती बने कलिलो मायामा।

[गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पस्यो यो दिलैमा।
कालो लामो परेली केश, छाल पर्यो कलिलो माया मा।]...2
नेपाली कविता र गजल को प्रचार गर्ने क्रममा हामीले नेपाली गजलको भिडियो प्रस्तुत गरेका छौ। यो नेपाली गजलका गायक गुलाम अलि हुन्। यो नेपालि गजल को बोल हो 'गाजलु ति ठुला ठुला आँखा' र यो नेपालि गजल मार्फत गुलाम अलि ले नेपाली गजल मनपराउने नेपाली गजल प्रेमीहरुको मन जित्न सफल भएका छन्। यो नेपालि गजल हेरेर आनन्द लिनुहोस् र तपाइका मनमा लागेका बिचार हरु हामीसित सेयर गर्नुहोस। 

*

Post a Comment (0)
Previous Post Next Post