लोडसेडिङ ३ घन्टा बढ्यो, मंगलबारदेखि दैनिक ९ घन्टा बत्ती जाने | तालिका तथा डाउनलोड

नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । प्राधिकरणलले दैनिक ३ घन्टा लोडसेडिङ बढाएर दैनिक ९ घन्टा पुर्‍याएको छ । मंगलबारदेखि दैनिक तीन पटक लोडसेडिङ हुनेछ । हप्तामा एक दिन भने बिहान र बेलुका गरी दुईपटकमात्र लोडसेडिङ हुनेछ । नदीमा जलस्तर घट्न थालेपछि विद्युत उत्पादन घटेको भन्दै प्राधिकरणले सातामा ६३ घन्टा लोडसेडिङ गर्ने तय गरेको हो ।  मागभन्दा करिव साढे ४ सय मेगावाट विद्युत् आपूर्ति अपुग भएपछि लोडसेडिङ बढाएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रवन्धक भुवनकुमार क्षेत्रीले बताए । गत वर्ष भने मंसिरको पहिलो साता १२ घन्टासम्म लोडसेडिङ भएको थियो । स्पस्ट फोटो हेर्न फोटोमाथि क्लिक गर्नुहोस 
लोडसेडिङको नयाँ तालिका 


 डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस ।                For Any Mobile                                     For android

*

Post a Comment (0)
Previous Post Next Post