होस्टेलमा उसिनेको आलु र हट केटि को चर्चा

चलचित्र 'सायद' निर्माता सुनिल रावलले अर्का चलचित्र 'होस्टेल' निर्माण गरेका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका प्रोमो र पोष्टर सार्वजनिक गरीयो। 
कार्यक्रममा निर्माण पक्षले अफिसियल रुपमा यसलाई नै चलचित्रको प्रसार सुरु भएको बताएको छ। युवापुस्तालाई लक्षित गरि निर्माण गरिएको चलचित्रमा अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी, रिस्ता बस्नेत, प्रकृती श्रेष्ठ  ,सिन्चना थापा, शिशिर भण्डारी लगायत कलाकारको मुख्य भुमिकामा अभिनय छ। चलचित्रमा भुवन केसी, शोभित बस्नेत र टिका पहाडीले समेत अतिथी रोलमा अभिनय गरेका छन्। 'केटी भनेको क्यूट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ' भन्ने चलचित्रको सम्बाद अहिले निक्कै चर्चा बटुल्न सफल भएको  छ। दुगिर्स फिल्मस्को व्यानरमा तयार भएको यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन्। कार्यक्रममा चलचित्रको एक गीत समेत देखाइएको थियो। 

*

Post a Comment (0)
Previous Post Next Post