प्रधानमन्त्रीलाई स्कटिङ्ग गरेको प्रहरीको गाडी दुर्घटनामा (भिडियो सहित)

प्रधानमन्त्रीलाई स्कटिङ्ग गरेको प्रहरीको गाडी दुर्घटनामा (भिडियो सहित)

माघ २९ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्कटिङ्ग गरेको प्रहरीको गाडी दुर्घटनामा परेको छ । बालकुमारी कन्या उच्च मावि नारायणगढको स्वर्ण महोत्सव समापन गरी प्रधानमन्त्री राजधानी जान भरतपुर विमानस्थलतर्फ फर्कने क्रममा भरतपुर ओरालोमा गाडी दुर्घटनामा परेको हो । सो क्रममा प्रहरी स्कटिङ्ग गरिरहेका वेला ओरालोको मोडमा गाडी दुर्घटनामा परेको हो । ग १ ४ ६१८४ नम्वरको प्रहरी बोकेको गाडी दुर्घटनामा परेको चितवनका प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिनुभयो । दुर्घटनामा १४ जना प्रहरी घाईते भएको उहाँले बताउनुभयो । घाइते प्रहरीहरुको अहिले भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।http://www.youtube.com/watch?feature=player_embedded&v=qXzjewz3yoc

*

Post a Comment (0)
Previous Post Next Post