लोडसेडिङ दिनमा दुई घण्टाले घट्यो (तालिकासहित)
माघ १९ - नेपाल विद्युत प्राधिकरणले आउँदो आइतवारदेखि घोषित रुपमै लोडसेडिङ दिनमा दुई घण्टाले कम गर्ने भएको छ ।
![](http://1.bp.blogspot.com/-nynO4r1lSjU/UQue36eRiKI/AAAAAAAACwI/A0NDeOxCylA/s1600/load+sedding.jpeg)
प्राधिकरणले आउँदो आइतवारदेखि दैनिक १२ घण्टा लोडसेडिङ हुने तालिका शुक्रवार सार्वजनिक गरेको छ ।
अहिले दैनिक १४ घण्टा लोडसेडिङ हुँदै आएको छ । भारतबाट विद्युत आयातमा सुधार आएको र सुर्यास्तको समय परिवर्तन भएकाले लोडसेडिङ दिनमा दुई घण्टाले कम गरिएको प्राधिकरणले जनाएको छ ।